वीरगंज, साउन ३२
गत बिहीवार सांझ पर्सा प्रहरीले ठुलो परिणाममा ईलेक्ट्रोनिक भेप बरामद गरेको थियो । प्रहरीले बरामद गरेको भेपको मुल्य अन्तराष्ट्रिय बजारमा पाँच करोड रुपैया भन्दा बढी रहेको छ । बिहीवार दिउंसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको का्रईम बा्रन्च टोलीले बिशेष सुचनाको आधारमा बीरगंज भन्सार कार्यालय नजिकैबाट दुई काटुन ईलेक्ट्रोनिक भेप बरामद गरेको थियो । प्रहरीले बरामद गरेपछि उतm भेप अनुसन्धान गर्दै जादा बीरगंज महानगरपालिका वडा नम्बर ६ रेल्वेरोड बस्ने राम प्रसाद बैरेको घरमा कोठा भाडामा लिई भारत बिहार बस्ने सुदामा प्रसादले अनाधिकृत रुपले भण्डार गरेको अवस्थामा तथा रेल्वे रोड नजिकै रहेको डाँफे ट्रान्सपोर्टबाट भारी मात्रामा बिदेशी ईलेक्ट्रोनिक भेप बरामद गरेको हो । प्रहरीले ७६ काटुर्नमा प्रति काटुन २०० पिसको दरले १५ हजार २०० पिस ईलेक्ट्रोनिक भेप बरामद गरेको थियो । प्रहरीले ईलोक्टा्रनिक भेप बरामद गरेपछि नेपाल र भारतका तस्कहरुमा खैलाबैला समेत मच्चीएको छ भेप तस्करहरुले पर्सा जिल्लाको गाम्रिण क्षेत्रमा किराना पसल सञ्चालन गर्दै आएका एक ब्यवसायीको प्यान नम्बरको फोटो लिएर उतm प्यानबाट नै कारोवार गरिएको थियो । प्रहरीले ईलेक्ट्रोनिक भेप बरामद गरेपछि तस्करका समुहहरुले किराना पसल सञ्चालन गरी आफनो जिवनयापन गर्दै आईरहेको ती ब्यतिmलाई फोन गरी हामी राजस्वको कर तिर्न तयार छौ तपाई आउनुस उक्त भेप तपाईको हो भनेर स्वीकार गर्नुस त्यो वाप्त केही रकम तपाईलाई हामी दिन्छौ भन्दै प्रलोभन दिइएको एक भरपर्दौ श्रोतले भने, किराना पसल सञ्चालन गरेका ब्यवसायीले मेरो प्यान नम्बर प्रयोग गरेर तपाई कारोवार गर्नै म प्रहरी समक्ष जान्छु भनेका थिए ा भारतबाट फोन गरेर ती ब्यवसायीलाई रकमको प्रलोभन दिई दबाब दिइएको थियो । हामीलाई प्राप्त जानकारी अनुसार प्रहरीले भेप पक्राउ गर्दा उनीहरुको बीरगंजमा नै बसोबास रहेको थियो । यस बारेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा सँग बुझन खोज्दा फोन रिसिभ भएन् । यसैगरी बीरगंज भन्सारमा खटिएका सशस्त्र प्रहरीले १८ लाख भन्दा बढीको ईलेक्ट्रोनिक भेप बरामद गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेको भेप थप कारवाहकिो लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ । बीरगंजमा ईलेक्ट्रोनिक भेप आएपछि तस्कर राकेश भन्ने ब्यतिmले बीरगजका ब्यापारी संग समाजिक सञ्जाल हवाटसपबाट कुराकानी गर्दै भेप भारतसम्म पुयाउने जिम्मा लिएका थिए । पर्सा प्रहरीले बिहीवार भेप चुरोट पक्राउ गरेपछि राकेश भन्ने ब्यतिm समाजिक सञ्जालबाट सम्पर्क बिहीन भएका छन् । उनी बीरगंजमा बसोबास गदैै आईरहेको ब्यतिm हुन् । तेसा्रे मुलुक चाईनाको हवाई मार्गबाट आएका ईलेक्ट्रोनिक भेप नेपालको स्थलमार्ग हुदै भारतको दिल्ली , पँजाब, हरियाणा , कोलकता शहरमा जाने गरेको छ । भारतमा उतm भेपको धेरै मांग रहेको छ भने भारतमा प्रतिबन्धित रहेको छ ।