ठुलो परिणाममा पर्सा प्रहरीले अबैध लागु औषध गाँजा तथा चरेश सहित एक जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्रब १ मुडली बस्ने ४० वर्षीय फुलसिरफ मियाँ रहेका छन् । अबैध लागु औषधको कारोवार भईरहेको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेंलले सुचना पाएपछि का्रइम बा्रन्चका वरिष्ठ प्रहरी नायब उपरिक्षक रमेश बजगाईको कमाण्डमा खटिएको टोलीले बिहीवार राती ४८९ किलोग्राम लागु औषध बरामद गरिएको हो । प्रहरी हिरासतमा रहेका मियाँको घरबाट प्रहरीले ३० किलो गाँजा बरामद गरेपछि मियाँलाई अनुसन्धान गर्दै जाँदा भारीमात्रामा लागु औषध लुकाएर राखेको प्रहरीले जानकारी पाएपछि मियाँको घर नजिकै रहेको बाँसघारीबाट बारोभित्र लुकाई छिपाई राखिएको अवस्थामा १९२ किलोग्राम चरेश र २७६ किलोग्राम गाँजाको धुलो बरामद गििरएको प्रहरी नायब उपरिक्षक भारतीले बताउनु भएको छ । पक्राउ परेका मियाँलाई लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक भारतीले भन्नु भयो । पर्साको पटेवासुगौली गाउँपालिका वडा नम्बर ४ अकवा गाउँको बासघारीबाट प्रहरीले भारी भात्रामा नेपालमा प्रतिबन्धित रहेको लागु औषध गाँजा र चरेश बरामद गरेको हो ।