पर्सा प्रहरीले २०८१ साल श्रावण महिनामा आठ करोड तिस लाख तिस हजार दुई सय सड्सठ्डी रुपैया राजस्व संकलन गर्न सफल भएको छ । पर्सा जिल्लाको बिभिन्न स्थानहरुबाट चोरी पैठारी तथा भन्सार छली तस्करी ल्याएको सामानहरु नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको हो । पर्सा प्रहरीले श्रावण महिनामा मात्र आठ करोड रुपैया भन्दा बढी राजस्व बृद्धी गरेको छ भने २६ वटा पुराना मुद्दाहरु फर्छाेट , टा्रफिक कारवाही २६३८ वटा , समुदाय प्रहरी साझेदारी अन्तर्गतका सचेतनामुलक कार्यक्म १२७, टा्रफिक कुल राजस्व २१ लख, १३ हजार १ रुपैया संकलन , लागु औषधहरु नाईटा्रभेट २८५६ ट्रयाब्लेट , चरेश १८ केजी , डाइजेपाम १४८६ एमपुल, फेनारगन १४८३ एम्पुल, नुरफिन १४९९ एम्पुल , गाँजा ७६ किलो र ४ करोड ८६ लाख २४ हजार ८ सय बराबरको ईलोक्टा्रनिक भेप बरामद गरिएको पर्सा प्रहरीले जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ । प्रहरीले श्रावण महिनामा आफनो प्रगती बिवरण प्रस्तृत गरेको हो ।