बिहीवार राती ११ बजेर ४० मिनेटमा बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको नगवामा भारितय कारले मोटरसाईललाई ठक्कर दिदां एक जना गम्भिर घाईते भएको छ । बीआर २२ बीसी ०४९२ भारतिय नम्बरको सेतो कारले मोटरसाईकललाई ठक्कर दिदां बीरगंज छपकैया वडा नम्बर २ निवासी फैजुल अन्सारी सख्त घाईते भएका छन् । अन्सारीलाई बीरगंज भन्सारमा खटिएको सशस्त्र प्रहरीले उद्धार गरी उपचारको लागी नारायणी अस्पतालमा लगेको थियो । नारायणी अस्पतालमा अन्सारीको उपचार नभएपछि थप उपचारको लागी बयोधा अस्पतालमा लगीएको हो । दुर्घटनाबाट खख्त घाईते भएका अन्सारी बयोधा अस्पतालको भेन्टिलिडरमा उपचार भईरहेको छ भने उनको अवस्था नाजुक रहेको बयोधा अस्पतालका चिकित्सकले बताउनु भयो । भारतिय नम्बरमा सवार भई मोटरसाईलमा ठक्कर दिने त्रिप्ती सरार्फ बीरगंज छपकैया घाकड टोली निवासी हुन् । प्रहरीले सरार्फ सहित एक बच्चालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालयमा अनुसन्धान गरिहेको छ । भारतिय नम्बरको कारले मोटरसाईललाई ठक्कर दिएर फरार भएपछि प्रहरीले ईदगाह चोकबाट नियन्त्रणमा लिईएको हो । कार त्रिप्तीले चलाएको थियो कि अरुले प्रहरीले यकिन गर्न सकेको छैन् ा घाईते अन्सारी बीरगंज महानगरपालिकाको आईटीमा कार्यगत रहेका छन् ।