बिधार्थीहरुलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत छुटको ब्यवस्था कार्यन्वयनका गर्नका लागी पर्साका पाँचवटा बिधार्थी संगठनहरुले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापन पज्ञ बुझाएका छन् । बिधार्थीहरुले दैनिक पठन पाठन गर्नका लागी क्लेज तथा बिधालय जानका लागी सवारी साधन प्रयोग गर्ने गरेको हुनाले मधेश प्रदेशको जिल्लाहरुमा बिधार्थीहरुलाई हाल सम्म सवारी साधनमा ४५ प्रतिशतको छुट नभएको भन्दै तत्काल उतm छुटको ब्यवस्था गर्नका लागी पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाललाई नेपाल बिधार्थी संघ नेबिसंघ पर्साका अध्यक्ष रमेश कुमार यादब, अनेरास्ववियुका अध्यक्ष अजित साह, अखिल का्रन्तिकारीका केन्द्रिय सदस्य मिरोन अहमद , समाजवादी बिधार्थी युनियन नेपालका उपाध्यक्ष सागीर अलीले हस्ताक्षर गर्दै ध्यानाकर्षण गराउनका लाग िज्ञापन पत्र बुझाएका हुन् । काठमांडौ उपत्यकामा मात्रै सहमति अनुसार बिधार्थीहरुले सवारी साधनमा ४५ प्रतिशत छुट पाएको भन्दै तराईको बिभिन्न जिल्लाहरुमा अहिले पनि बिधार्थीहरुलाई सवारी साधनमा छुटको ब्यवस्था नपाएको बरु उल्टै मनापोली भाडा लिदै गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।