बीरगंज महानगरपालिका आईटी शाखामा कार्यरत रहेका २९ वर्षीय फैयाजुल हक अन्सारी कारको ठक्करबाट मुत्यु भएपछि पर्सा प्रहरीले पिडीतपक्षको उजुरी दर्ता नगर्ने मानेपछि कर्मचारीहरु आंदोलनमा उत्रिएका थिए । मृत्क पक्ष तथा कर्मचारीहरुले संयुतmरुपमा नारायणी अस्पतालको गेट अगाडी धर्ना दिई टायर बालेर प्रर्दशन गरेपछि पर्सा प्रहरीले पिडीत पक्षले दिएको जाहेरी दर्ता गरेको हो । आईटी शाखामा कार्यरत रहेका बीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी मृत्क फैयाजुल हकका परिवारजन र कर्मचारीहरु जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मुदा दर्ता गराउन खोज्दा प्रहरीले नमानेपछि कर्मचारी तथा स्थानिय वासिन्दाहरु आक्रोशित भई आंदोलनमा उत्रिएका थिए । प्रहरीले ज्यान मुदा दर्ता गर्न नमानेपछि महानगरपालिकाका कर्मचारीहरु आंदोलन गर्ने योजना बनाईरहेको अवस्थामा पर्सा प्रहरी महानगरपालिकामा पुगेर उजुरी दर्ता गर्ने भनेपछि सहमती भएको थियो । बुधवार सांझ पिडीत पक्षले दिएको जाहेरी पर्सा प्रहरीले दर्ता गरेको छ । गत बिहीवार राती बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित रहेको माईदिया पोखरी नजिकै बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने सशस्त्र प्रहरीमा कार्यगत रहेका जयमंगलराज गुप्ताले चलाएको मधेश प्रदेश ०३, ००५ प ५७२२ नम्बरको मोटरसाईकलले भारतीय बि आर २२ बिसी ०४९२ नम्बरको होन्डेयाई कारमा पछाडिबाट ठक्कर दिएको सिसी क्यामरा स्पष्ट देखिएको छ । ठक्करबाट मोटरसाईकलमा पछाडि सवार भएका बीरगंज महानगरपालिकाको सुचना प्रविधी शाखामा कार्यरत रहेका फैजाजुल हकलाई टाउको र छातीमा चोट लागेको थियो । ठक्करबाट घाईते भएका गुप्ता र हकलाई बीरगंज भन्सारमा खटिएका सशस्त्र प्रहरीको टोलीले नारायाणी उप क्षेत्री्य अस्पतालमा उपचारको लागी भर्ना गरेपनि थप उपचारको लागी बीरगंज गण्डक स्थित रहेको बयोधा अस्पतालमा रिर्फर गरेको थियो । गुप्ताको हात र खुटामा चोट पटक लागेपनि सामान्य उपचारपछि घर फर्किएका थिए । फैयाजुल हकलाई बयोधाको भेन्टिलेटरमा उपचार भईरहेको थियो । दुई दिन भेन्टिलेरमा राखेर उपचार गरेपछि अवस्था केही सुधार भएपछि हकलाई आईसीयुमा रिर्फर गरिएको बयोधाका एक चिकित्सकले भन्नु भयो, सोमवार उपचारको क्रममा फैयाजुल हकको नारायणी अस्पतालमा निधन भएको आंदोलनमा उत्रिएका एक आंदोलनकारीले जानकारी बताए । मृत्क हकका परिवारहरुले बिआर २२ बिसी ०४९२ नम्बरको भारतीय कारले मोटरसाईकललाई ठक्कर दिएको जाहेरीमा उल्लेख गरिएको छ । कार बीरगंज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका बस्ने २० वर्षीय प्रिया कुमारी सरार्फले चलाईरहेकी थिईन् उनी सँग बीरगंज महानगरपािलका वडा नम्बर ३ भगवती टोल बस्ने ३० वर्षीय राहुल सरार्फ र एउटा बच्चा समेत रहेको थियो । मोटरसाईकललाई ठक्कर दिई फरार भएको प्रहरीलाई जानकारी आएपछि वडा प्रहरी कार्यालय बिर्ता र जिल्ला प्रहरी कार्यालय पर्साका संयुतm प्रहरी टोलीले छपकैया ईदगाह चोकबाट उतm कारलाई नियन्त्रणमा लिइएको थियो । कार चलाईरहेकी प्रिया सरार्फले सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ दफा १६१ बमोजिम सवारी ज्यान सम्बन्धी कसुर गरेको हुदाँ पक्राउ गरी सोही बमोजिमको कारवाही गर्नुपर्ने जाहेरीमा मांग गरिएको छ भने सोही ऐनको दफा १६३ बमोजिम मृत्क भजितको सम्पुर्ण उपचार तथा क्रिया खर्च र क्षतिपुर्ति भराई पाउनुपर्नै मृत्कका परिवारजनको मांग रहेको छ । यता पर्सा प्रहरीले दुर्घटनामा कार चालकको कुनै प्रकारको लापरवाही नभएको भन्दै बरु मोटरसाईकल चालकको लापरवाहीको कारणले दुर्घटना भएको प्रतिक्रिया दिएपनि कार चलाउने प्रिया सरार्फ सिकारु रहेको हुनाले दुर्घटना भएको अनुमान गरिएको छ । सवारी चालक अनुमति पत्रको परिक्षा दिदां कुन बेला कार चलाउने ब्यतिmले साईट लाईटको बति बाल्ने , कुन बेला गाडी रोक्दा पछाडिको बती बाल्ने , ब्रेक लिंदा कारको अगाडीपटी रहेको सिसीमा हेरेर ब्रेक लगाउने जस्ता नियम उल्लेख गरिएको छ । तर प्रिया सरार्फले चलाएको कार सवारी तथा यातायात ब्यवस्थाको ऐन बिपरीत कार चलाएको एक टा्रफिक प्रहरीले नाम नछाप्ने शर्तमा भनेका छन् । सिसी क्यामरा हेर्दा मोटरसाईकलले नै कारलाई ठक्कर दिएको हो । तर कारले एक्कासी बे्रक लगाउँदा साईट लाईट बती नबालेको तथा आफनो लेन छाडेर कार चलाउंदा दुर्घटना भएकोे ती टा्रफिक प्रहरीको भनाई रहेको छ ।