नेवार समुदायहरुले बीरगंजमा गाईजात्रा धुमधामका साथ मनाउंदै रयाली समेत निकालेका छन् । बीरगंजको अलखियामठबाट निस्कीएको रयालीले माईस्थान , आर्दशनगर, बिर्ताचौक नगर परिक्रमा गर िपुण अलखियामठमा पुगेर समापन भएको थियो । रयालीले नेवार समुदायका बालबालिकाहरुलाई बिभिन्न भेषभुषमा गाईको रुपमा सजाएर सहभागी गराइएको थियो । नेवार समुदायहरुले दिवगंत भएका आपना प्रियजनहरुको सम्झनामा भब्यको साथ हरेक वर्ष गाईजात्रा मनाउने गर्दछन् । गाईजात्रामा अलखियामठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठ, वीरगञ्ज सपारु समितिका सचिव सुन्दर श्रेष्ठ, नेवा पुचका अध्यक्ष हरि वैद्य, सुनिल जोशी, अमृता वैद्य, रुपेशमान मानन्धर, निरज हरिमुल, तारामान श्रेष्ठ, हिराकाजी महर्जन, सुशील श्रेष्ठ लगायतका व्यक्तिहरूको विशेष भूमिका रहेको अध्यक्ष संजय जोशीले जानकारी दिए।