बाराको कलैयामा टेम्पु र मोटरसाईकल एक अपासमा ठोकिन्दा एकजनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् । कलैयाबाट धर्मनगर आउंदै गरेको ना ५४ प ४७४८ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउंदै गरेको ना २ ह ५३७२ नम्बरको टेम्पुले ठक्कर दिदां कलैया उपमहागरपालिका वडा नम्बर १२ धर्मनगर निवासी २४ वर्षीय रामकान्त पटेलको मृत्यु भएको बाराका प्रहर िउपरिक्षक महेन्द्र सिंह खड्काले बताउनु भयो । दुर्घटनामा पर िघाईते हुनेहरुमा मोटरसाइकलमा सवार भएका ३५ वर्षीय बिजय साह, ३६ वर्षीय कमलेश चौरसिया र अनिल कुमार यादव रहेका छन् । ठक्कर दिने टेम्पु र चालक भने प्रहरीको नियन्त्रणमा रहेको छ । घाईतेहरुको उपचार प्रादेशिक अस्पतालमा भईरहेको बारा प्रहरीका प्रहरी उपरिक्षक खड्काले जानकारी दिनुभयो ।