बिभिन्न राजावादी समुहहरुले श्री ५ मुमा बडामहरानी रत्नराज्य लक्ष्मी देबी शाहको ९७ औं जन्मोत्सव बीरगंजमा भब्यको साथ सम्पन भएको छ । बीरगंजको महाबीर मन्दिर नजिकै देश भक्त राज भक्तका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षताको सम्पन्न भएको कार्यक्रममा सतीश कुमार श्रीवास्तव, पशुपति बिक्रम शाह, उषा शाह, रामनारायण साह, पुथ्बी क्षा, बिरेन्द्र थापा , नरेश चौधरी महेन्द्र प्रसाद साह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा श्री ५ मुमा बडामहरानी रत्नराज्य लक्ष्मी देबी शाहको जीवनी बारेमा चर्चा समेत भएको थियो भने वहाँले गरेको योगदान बारेमा चर्चा भएको थियो । यसैगरी श्री ५ मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको ९७ औं जन्मोत्सवको अवसरमा राजावादी संगठनहरुले बीरगंजमा रयाली प्रर्दशन समेत गरेका छन् ।