अबिरल वर्षाका कारण पर्सा जिल्लाको ग्रामिण क्षेत्र नरामा्रे सँग प्रभावित भएको छ । लगातार वर्षा हुदां पर्साको ठोरी गाउपालिका , जगरनाथपुर गाउँपालिका लगायत स्थानको जनजीवन प्रभावित भएको स्थानिय दिपेन्द्र श्रेष्ठले बताउनु भयो । ठोरीको टुटे खोला झीगे खोला ओरिया , सिकारबास, आएको बाढीले नदीको तटीय क्षेत्रमा कटान र डुबानका कारण सर्याे बिधामा लगाएको धान खेतीमा क्षेती पुगेको छ । लगातार वर्षाको कारणले गर्दा ठोरी गाउँपालिका वडा नम्बर ४ स्थित रहेको ओरयिा खोला नजिकै रहेको किनारको खेती योग्य जमिन कटान गर्ने थालेको स्थानिय वासिन्दा दिपेन्द्र श्रेष्ठले भने, अझै अबिरल वर्षा हुने मौसम बिभागले सर्तकता अपनाउन तथा खोला नदीको छेउ छाउमा नजाने जनताहरुलाई हाई अल्र्ट गरेपछि यहाँका वासिन्दाहरु त्रासमा रहेको उनले बताएका छन् । बुधवार अबिरल वर्षाले गर्दा जगरनथापुर गाउँपालिकाको धान खेतीमा नराम्रो साग क्षेती भएको छ । धानको बालीलाई नोक्सानी भएको स्थानियहरु गुनासो गरेका छन् ।