नेकपा माओवादी केन्द्र बिधार्थी संगठन अखिल का्रन्तिकारीको ठाकुरराम इकाई कमिटीको सातौ सम्मेलनबाट नयाँ नेतृत्वको चयन गरेको छ । सम्मलेनले अखिल का्रन्तिकारी ठाकुरराम इकाई कमिटीको अध्यक्षमा अनिश पटेल चयन भएको अखिल का्रन्तिकारीका उपमहासचिव प्रभाकर गुप्ताले बताएका छन भने पटेलको नेतृत्वमा २१ सदस्यीय इकाई कमिटी सर्वसम्मत चयन गरिएको हो ।कमिटिको उपाध्यक्षमा गोपाल पासवान, समी अन्सार, महिला उपाध्यक्षमा रुना यादव, सचिवमा चक्रधारी पाण्डे, सहसचिवमा राज पासवान, साजदा खातुन र महिला सचिवमा कृतिका यादव र कोषाध्यक्षमा भारती पटेल चयन भएका छन् ।
सदस्यहरुमा नितेश पटेल, शुभनारायण मण्डल, चन्दन पटेल, निरज सर्राफ, उमाशंकर साह, अशोक कुमार महतो, शम्भु चौरसिया लगायत चयन भएका छन् । सम्मेलनको अखिल क्रान्तिकारीका उपमहासचिव प्रभाकर गुप्ताले उदघाटन गरेका थिए ।