बीरगंज नगर क्षेत्र एरियामा वर्षा भईरहेको छ । लामो समय देखी बीरगंज नगर क्षेत्रमा वर्षा नहुदां यहांका स्थानिय वासिन्दाहरु चिन्तित भएका थिए । बिहीवार परेको वर्षाले बीरगंजवासीहरु हर्षित भएको माईस्थानमा ब्यापार गरेर जीवनयापन गर्दै आएका हरि साहले भने, वर्षा नहुदां बीरगंजको आसपास क्षेत्रमा खडेरी ने परेको थियो । खानेपानीको मुहान सुक्नु साटै चापाकलहरुमा पानी आउन छाडेको थियो । आजको वर्षाले गर्दा केही राहत महसुस भएको बीरगंज गहवा निवासी पंकज झाले भन्नु भयो ।