बीरगंजका केही सञ्चार माध्यमले नगर प्रमुख राजेश मान सिंहको स्वास्थयमा समस्या भएपछि उपचार गर्न सिंगापुर गएको समाचारमा कुनै सत्यता नरहेको बीरगंज महानगरपालिकाको सचिवालयले जनाएको छ । मेयर सिंह ब्यतिmगत भ्रमणको लागी सिंगापुर गएको हुनाले केही सञ्चार माध्यमले नगर प्रमुख सिंहको चरित्र हत्या गर्ने प्रयास गरेको हुनाले सचिवालयको गम्भिर ध्यानार्षण भएको प्रेशमा उल्लेख गरिएको छ ।
मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘केही संचारमाध्यमले नगर प्रमुखज्यू, तथा उहाँको निजि सचिवालय सँग सोधपुछ नगरी जनमानसमा भ्रम फैलाउने उद्देश्य राखी ‘गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएपछि उपचारका लागि सिंगापुर उडेको’ भन्ने जस्ता गैरजिम्मेवार विषयवस्तु सस्तो खपतका लागि पस्केको पाईएको छ । संचार माध्यममा आएजस्तो नगर प्रमुखज्यूलाई कुनै प्रकारको गम्भिर स्वास्थ्य समस्या नरहेको जानकारी गराउँदछौँ ।’
यस्तै प्रमुख सिंहको व्यक्तिगत भ्रमणमा जानु भएकाले यो भ्रमणको पालिकासँग कुनै सरकोकार नरहेको पनि विज्ञप्तीमा स्पष्ट पारिएको छ ।