पर्सा जिल्लामा एक युवतीलाई पटक पटक बलात्कारको शिकार भएकी छिन् । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर ५ बस्ने नाम परिवर्तन मेनुकालाई सोही वाडका २१ वर्षीय प्रदिप महतो नुनियाले चार वर्ष देखी बिभिन्न प्रलोभन दिई बलात्कार गर्दै आएको ती युवतीले आरोप लगाएकी छिन् । प्रदिपले म सँग बिवाह गर्छु भन्दै पटक पटक शारीररिक सम्बन्ध गरेको ती युवतीको भनाई रहेको छ । मेरो दबाबमा प्रदिप यही साउन २७ गते बीरगंजको मन्दिरमा विवाह गरेको दाबी गरीन् । किशोरीले जिल्ला प्रहरी कार्यालय पर्सामा ठाडो उजुरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक दिपक भारतीले भने, नाम परिवर्तन मेनुकाले दिएको ठाडो उजुरी दर्ता भइसकेको बताउनु भयो ।