मधेशी दलहरुका कारण मधेशी जनताहरले दुख भोग्नु परेको आम जनता पाटी आजपाका अध्यक्ष प्रभु साहले आरोप लगाउनु भएको छ । बाराको खुटुवा प्रसौनीमा आयोजीत भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री साहले मधेश सरकार मधेशीजनतालाई लुटनका लागी बनेको बताउँदै मधेशीदलका नेताहरुले मधेशी जनताको भलो कहिले पनि नचाहेको दाबी गर्नु भयो । मधेशी दलहरुको भ्रष्ट चरित्रले मधेश क्षेत्रलाई बदनाम बनाएको आरोप लगाउँदै मधेशको यी दलहरुको बाधा तथा अड्चनले गर्दा बिकाश हुन नसकेको अध्यक्ष साहको भनाई रहेको छ । मधेशको बिकाशको लागी मधेशका जनताहरु एक हुनुपर्ने जनाउँदै, छोरीलाई बितरण गरेको साईकल चोरेका छन् दलितहरुको घर निर्माणमा भ्रष्टचार गरेको छन् यस्ता मधेशी दलका नेताहरुलाई पैसा मात्र चाहेको छ बिकाश काम भाडमा जाओस , उनीहरुलाई मतलब छैन् । मात्र भ्रष्टचारीमा लिप्त भएका छन् । मधेश प्रदेशको सरकारमा मधेशी दलका नेताहरु हिजो पनि मुख्यमन्त्री थिए , आज पनि छन् , अहिले सम्म मधेशी जनताहरुलाई के गरेका छन् त ? निर्वाचन र्आएपछि मात्र मधेशी दलका नेताहरुले मधेशीहरुको हक अधिकारको एजेण्डा बनाई सोझा साझा जनताहरु सँग मत माग्ने गरेका छन् ा यस्ता नेताहरुलाई मधेशबाट नै बहिष्कार गर्नुपर्ने पुर्वमन्त्री साहले भन्नु भयो , “मानव विकास सूचांकमा तल रहेको मधेस जस्तो सानो र गरिब प्रदेशमा उच्चतहको तलब सेवा सुविधा सहितको जम्बो मन्त्रीमण्डलको आवश्यकता के होरु मधेसलाई समृद्ध बनाउने र युवालाई रोजगार दिने कुनै काम नगरी, मात्र लुट मचाउने काममा सरकार लागेको छ।” भेलामा आजपाका उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, सचिव उमेश कुशवाहा लगायतका नेताहरूको पनि सहभागिता रहेको थियो।