बारा प्रहरीले बिभिन्न स्थानहरुबाट तीनवटा मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको बाराका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकार िदिनुभयो । अबैध भन्सार छली गरेर तस्करीको सामानहरु लोड गरेको सुचना पाएपछि सोही सुचनाको आधारमा बीरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना ४ ख ८८७५ , ना ७ ख ५९२६ र ना ३ ख ७३४२ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको सामानहरु लोड गरेको बरामद भएपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी नायब उपरिक्षक सापकोटाले भन्नु भयो, बिलबिजकमा पनि हामीलाई शंकास्पद लागेको हुनाले तीनवटै ट्रक नियन्त्रणमा लिईएको बताउनु भयो । प्रहरीले नियन्त्रणमा लिइएको तीनवटै ट्रक तथा तस्करीको सामानहरुको मुल्याड्कन १ करोड २९ लाख गरेर पठाएको बारा प्रहरीले जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय बाराबाट प्रनि जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी भारतीय कपडा नेपाल तर्फ ल्याउदै गर्दा सुवर्ण गाउँपालिका वडा नम्बर ३ सतगंज नजिकैबाट प्रहरीले दुलया बराबरको ६ बोरा कपडा बरामद गरेको छ ।