पर्सा प्रहरीले कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक अभियुतmलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने कुष्ण साह तेली रहेको पर्सा प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले भने, पर्सा जिल्ला अदालतले कुष्ण साहलाई ज्यान सम्बन्धी तथा डाँका मुद्दामा दोषी ठहर गर्दै फैसला गरेपछि साह फरार भएका थिए । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आरोपित कुष्ण साह तेलीलाई बीरगंजको मुर्लीबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक भारतीले बताउनु भयो । पक्राउ परेका साहलाई शुक्रवार पर्सा जिल्ला अदालतमा पेश गरिने पर्सा प्रहरीले जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ ।