लागु औषध सहित पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगंज बस्ने १९ वर्षीय उमेश थिड्ग रहेको पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिनुभयो । थिड्गको साथबाट प्रहरीले अबैध लागु औषध गाँजा ८०० ग्राम बरामद भएको हो । बीरगंजबाट भारतको सम्रक्सौल पैदल गईरहेको अवस्थामा नियमित चेकजांच गर्ने क्रममा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा उमेश थिड्गको शरीर खानतलाशी गर्दा झोला भित्र लुकाई छिपाई राखेको गाँजा बरामद गरिएको प्रहरी नायब उपरिक्षक भारतीले बताउनु भएको छ । पक्राउ परेका थिड्गलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालेको हो ।