सम्पुर्ण किसान मजदुर एक हाऔ, बितिय शोषण र उत्पीडन बिरुद्ध संघर्ष गरौ शान्तिपुर्ण नाराको साथ किसान मजदुर पर्साले बीरगंजमा बिरोध रयाली प्रर्दशन गरेको छ । मिटरब्याज बिरुद्ध किसान मजदुर आदोलनको बाईनर लिएर घण्टाघर निस्कीएको बिरोध रयाली जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा किसानहरुलाई मिटरब्याजको भारले आथिक रुपमा थिचिरहेको हुनाले जीवनस्तर कठिन बन्दै गएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । किसानह मजदुरहरुले मिटरब्याजलाई निषेध गर्न तथा पिडीतहरुको ञmृण माफी गर्न ठोस कदम सरकारले चाल्न मांग गरेको छ । चर्काे ब्याजले गर्दा किसानहरु मर्काेमा परेको हुनाले तत्काल समस्या सामधान गर्नका लागी नेपाल सरकार साग माँग गरेको हो । ज्ञापन पत्रमा किसान मजदुरका नेतृतव गरिरहेका जिल्ला अध्यक्ष कृष्ण राज ठाकुर महानगरका अध्यक्ष शम्भु यादव लगायतकाहरुको उपस्थिती रहेको थियो ।