बारा प्रहरीले नेपाली रुपैया १ लाख, ७१ हजार , २ सय ८० रुपैया सहित १३ जनालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरिक्ष्ाँक प्रकाश सापकोटाले जानकारी दिनुभयो । बिशेष सुचनाको आधारमा बारा महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर बस्ने मोतीलाल प्रसादको घरमा जुवा तास भईरहेको जानकारी प्राप्त भएपछि सोही सुचनाको आधारमा मोतीलालको घरमा छापामारी गर्दा १३ जनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक सापकोटाले बताउनु भयो । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने ५६ वर्षीय राजेन्द्र साह कानु, सोही स्थान बस्ने ४३ वर्षीय मनोज प्रसाद कुशवाह, ५० वर्षीय बिनोद प्रसाद, ५३ वर्षीय मोतीलाल प्रसाद, , ६० वर्षीय जंतिकर हुसैन, ४० वर्षीय मोतीलाल कुशवाह, ४३ वर्षीय राजु प्रसाद कुशवाहा, ५० वर्षीय अभ्छेलाल महतो , ५९ वर्षीय कस्तुरी साह, वडा नम्बर २ बस्ने ३८ वर्षीय राजकिशोर प्रसाद कुशवाहा, ४१ वर्षीय जितेन्द्र तिवारी , बारा सुवर्ण गाउँपालिका वडा नम्बर २ बस्ने ४८ वर्षीय सुकदेव प्रसाद यादव र वडा नम्बर ८ बस्ने ३५ वर्षीय मुस्ताक खान पैठान रहेका छन् ।