बीरगंज महानगरपालिकाको शिक्षा शाखामा दरबन्दी मिलानको नाउँमा शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्द लाल कर्ण ब्यापक अनिमियता गरेको नेपाल शिक्षक महासंघ पर्साले पत्रकार सम्मेलन गरी आरोप लगाएको छ । शिक्षक महासंघक अध्यक्ष तीर्थराज यादव लगायतका टोलीले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै दरबन्दी मिलानको नाउँमा शैक्षिक प्रशासन प्रमुख कर्णले ब्यतिmगत सिफारिस,आर्थिक लाभ , आफन्त तथा जातीय आधारमा दरबन्दी मिलान गर्दै भ्रष्टचार गरेको महासंघका अध्यक्ष तीर्थराज यादवले भन्नु भयो, शैक्षिकहरुको दरबन्दी मिलानमा रकमको चलखेल भएपछि गुणस्तीरय शिक्षा शिक्षिकहरुले छात्र तथा छात्राहरुलाई दिन नसक्ने बताउँदै महाशाखाले ऐन , कानुन र शिक्षा नियमावालीको बिपरीत अपारदर्शी निर्णयहरु गर्दै दरबन्दी मिलानमा झरुवा, घटुवा र सरुवाका प्रक्रियामा पनि अनियमिता गरेको आरोप लगाउनु भयो । शैक्षिक दरबन्दी मिलानमा शैक्षिक महाशाखाले अविलम्ब यस्ता अनियमित क्रियाक्लापहरु अन्त्य नगरे चरणबद्ध आंदोलन घोषणा गर्ने महासंघका अध्यक्ष यादवले चेतावनी समेत दिएका छन् । यस सम्बन्धमा बुझन खोज्दा दरबन्दी मिलानमा कुनै प्रकारको अनियमिता नभएको शैक्षिक महाशाखाका कार्यगत रहेका एक कर्मचारीले भने, सरुवा भएका शिक्षकहरु सरुवा लिएर नजाने अनि शतिm केन्द्र धाएर आफनो दरबन्दी मिलाउन खोज्ने शिक्षकहरुले कति को गुणस्तरीय शिक्षा प्रदान गरेको छन् त , ती कर्मचारीको भनाई रहेको छ । दरबन्दी मिलानमा महासंघले राजनितिक नगर्नै शैक्षिक महाशाखामा कार्यगत रहेका कर्मचारीले भन्नु भयो ।