नेपाल औषधी ब्यवसायी संघ पर्साको अध्यक्ष पदका उम्मेदवार मानवराजपालका नेतृत्वमा औषधी ब्यवसायीहरु आंदोलन गरेका छन् । गत असार ८ गते सम्पन्न नेपाल औषधी संघ पर्साको निर्वाचन स्थगित भएपछि पुर्ण निर्वाेचन गराउन मांग गर्दै बीरगंजमा औषधी ब्यवसायीहरु सडकमा उत्रिएर आंदोलन गरेका हुन् । बीरगंजको घण्टाघर निस्कीएको बिरोध प्रर्दशन नगरको बिभिन्न भागको परिक्रमा गरी महासंघको कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अध्यक्ष पदका उम्मेदवार राजपालले बिपक्षी हार्ने निश्चित भएपछि बिभिन्न प्रोपगण्डा मच्चाएर अधिवेशन रोक्ने प्रयास गरेको बताउनु भयो । मानवराजपाले गत असार ७ गते केन्द्रीय समितिलाई सूचित गर्दै आफ्नो उम्मेदवारी र अधिवेशन प्रक्रिया अघि बढाउन आग्रह गरेको बताउंदै पूर्व अध्यक्ष र प्रदेश समितिका केही व्यक्तिहरूले सहमतिमा कार्यसमिति बनाउने प्रयास गरिरहेको र साउन २६ गते बैठकमा जाँदा श्रावण १९ गतेका लागि मिति राखेर पदाधिकारीहरूलाई निर्वाचित गरेको प्रमाणपत्र प्रदान गरिएको हुनाले यस निर्वाेचन हामीलाई मान्य नहुने बताउनु भयो । निर्वाेचन नभएको अवस्थामा प्रमाणपत्र कसरी बितरण भयो आंदोनलमा उत्रिएका मानवराजपालले भन्नु भयो , बिपक्षी उम्मेदवार अध्यक्ष पदमा निर्वाचन हार्ने मानिष्कता भएपछि धोकाबाजी गरेर निर्वाेचनको प्रमाण पत्र लिएको जानकारी दिनुभयो । राजपालले लोकतान्त्रिक पद्धतिको उल्लङ्घन भएको भन्दै केन्द्रीय समितिलाई आवश्यक कारबाही गर्न र अविलम्ब निर्वाचन गराउन आग्रह गरेका छन् ।