बाघको आक्रमणबाट पर्सा जिल्लामा एक बृद्धको ज्यान गएको छ । जिराभवानी गाउापालिका वडा नम्बर ५ शंकरसखुवनिया बस्ने ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेवासुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले बताउनु भयो । मृत्क थारु शुक्रवार दिउँसो जंगलमा घांस काट्न गएको बेला बाघले आक्रमण गरेको प्रहरीले आंशका गरेको छ । घास काट्न गएकी ६० वर्षीय तुलस िराउत थारु निकै समय पछि घर नर्फिएपछि उनका आफन्तहर जम्मा भएर जंगलमा खोजलताश गर्ने क्रममा मृत्क राउतको शव भेटिएको थियो । बाघले बिगत केही महिना देखी पर्साको पटेवासुगौली गाउँपालिकामा बाघको आंतक मच्चिएको छ । बाघको आक्रमणबाट धेरैजनाको ज्यान गईसकेको छ ।