पर्साको तिलावे नदीमा नुहाउने क्रममा डुबेर एकजना बेपता भएका छन् । डुबेर बेपता हुनेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरिया बस्ने असलम देवानका दश वर्षीय छोरा सलिम देवान रहेका छन् । शनिवार बिहान शलिम हाफना तीनजना सार्थीहरु सँगै बैरिया स्थित बहुदरमाईको मन्दिर नजिकै तिलावे नदीमा नहुाउन गएका थिए । नदीमा नुहाउन गएका चारजना मध्ये शलिमलाई नदीले बगाएको अन्य तीनजना पौडी खेलेर बाँचन सफल भएका हुन् । नदीमा बेपता भएका शलिमलाई सशस्त्र प्रहरीको टोली खोजी गरीरहेको छ ।