मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका ३१ बस्ने २३ वर्षीय आदेश लामाको निधन भएको हो । पथलैयामा मोटरसाईकलले ठक्कर दिदां लामा घाईते भएका थिए । घाईते लामाको उपचारको लागी बीरगंजको मेडिसीटी अस्पतालमा उपचारको क्रममा निधन भएको बारा प्रहरीले जनाएको छ ।