अबैध लागु औषध सहित पर्सा प्रहरीले एक युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले जानकारी दिनुभयो । भारतको रक्सौलबाट पैदल बीरगंजतर्फ आउंदै गरेको गर्दा बीरगंज महानगरपालिका वडा नम्बर १६ बरिगंज भन्सार कार्यालय नजिकै सशस्त्र प्रहरी र प्रहरी चौकी इनर्वाबाट खटिएकोे संयुतm खटिएको टोलीले चेकजाँच गर्नै क्रममा शंकाको आधारमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ भर्याड टोल बस्ने २३ वर्षीय सुस्मिता परियारको शरीर खानतलाशी गर्दा बाँया खुटाको तिघ्रामा सेतो टेपले बेरी लुकाई छिपाई राखेको नेपालमा प्रतिबन्धित रहेको लागु औषध नरफिन १० एम्पुल, डाईजोपाम १० एम्पुल र फेनारगन १० पिस पक्राउ परेकी छिन् । लागु औषध सहित पक्राउ परेकी सुस्मिता परियारलाई पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक भारतीले भन्नु भयो ।