बाराबाट भारतको बाबाधाम दर्शन गर्न गएका तीर्थ यात्रुहरु सवार भएको बस दुर्घटना हुदां ४५ जना घाईते भएको बाराका प्रहरी उपरिक्षक महेन्द्र सिंह खड्काले जानकारी दिनुभयो । भारत बिहारको समस्तीपुर जिल्लामा शनिवार बिहान ३ बजे बस दुर्घटना भएको हो । दुर्घटना परी घाईते हुनेहरुमा बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ३ मुर्तिपलियाका ४५ यात्रुहरु घाईते भएका हुन् । बसमा ४७ जना तीर्थ यात्रुहरु सवार रहेका थिए भने ३५ जना सामान्य घाईते भएका छन् १० जना मध्यम घाईते भएको बारा प्रहरीले जनाएको छ । दुर्घटनामा देवनारायण पण्डित, सुभाष साह तेली र ९ वर्षीयकी बच्चालाई चोटपटक लागेपनि खतरामुतm रहेका छन् । ना ७ ख ६४४६ नम्बरको बसलाई शनिवार बिहान ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।