भन्सार छली गरी ल्याएको तस्करीको सामान पर्सा प्रहरीले नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको छ । पर्सा प्रहरीले गस्ती गर्ने क्रममा बीरगंज नगर क्षेत्रको बिभिन्न स्थानहरुबाट बरामद गरिएको ईलेक्टा्रनिक्स सामान किबी लगायत सामानहरु नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिनुभयो । प्रहरीलाई हेर्ने बितीकै भरिया तस्करहरु फरार भएको हो । बरामद गरिएको ईलेक्टा्रनिक्स सामान र किबीको मुल्याडकन प्रहरीले पाँच लाख, पन्ध्र हजार , तीन सय , पचार रुपैया गरी बीरगंज भन्सार कार्यालयमा पठाईएको छ ।