राष्ट्रिय मुतmी क्रान्तिक्रारीका नेता नेजामुदीन समानीले पर्साको पोखरीया अस्पताललाई पच्चास बेड सहित प्रादेशिक अस्पतालको रुपमा बिकास गर्ने संघीय सामन्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ध्यानार्षण गराउनु भएको छ । नेता समानी मन्त्रालय पुगेर मन्त्री राजकुमार गुप्तालाई ज्ञापन पत्र बुझाएका हुन् । २०७६ चैत २८ गते पोखरीया अस्पातलाई पच्चास बेड सहित बनाउने निर्णय गरिएको थियो २०८१ असार १९ गते पुनः मधेश प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को बैठकले उक्त निर्णयलाई दोहोर्याएको छ।
पर्सा जिल्लाको पोखरिया नगरलाई प्रादेशिक अस्पतालको सुविधा दिन गरिएका निर्णयहरू कार्यान्वयनमा आउन नसक्नु दुर्भाग्यपूर्ण रहेको नेता नेजामुदिन समानीले बताएका छन्। पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरियामा मालपोत, भूमिसुधार, र जिल्ला प्रशासनको सेवा केन्द्र स्थापना लगायतका आवश्यक पहल र सहयोगको माग गर्दै अन्तिम पटकको लागि पत्र हस्तान्तरण गरिएको छ।