१५ वर्ष देखी स्ववियुको निर्वाचन नभएको अवस्थामा आगामी फाल्गुण २५ गते स्ववियु निर्वाचन हुनेभएपछि स्वतन्त्र बिधार्थी युनियन र नेपाल बिधार्थी संघ नेबिसंघ सक्रिय रुपले लागेको छ । त्रिभुवन बिश्वबिधालय आगामी फाल्गुण २५ गते निर्वाचनको मिती तय गरेपछि नेबिसंघले बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा आफनो सक्रियता बढाएको छ ।
आइतबार ठाकुरराम क्याम्पसमा नेविसंघको बैठक सम्पन्न भएको थियो बैठकमा आउने फाल्गुण २५ गते निर्वाचनमा नेबिसंघको पक्षमा माहोल कसरी बनाउने नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीले बताउनु भयो ।
बैठकमा सहभागी विद्यार्थीहरुले ठाकुरराम बहुमुखी क्याम्पसको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गएको बताए। क्याम्पसको अवस्थामा सुधार ल्याउन र शैक्षिक गुणस्तर उकास्नका लागि स्ववियु चुनाव आवश्यक रहेको बताउँदै, उनीहरुले आगामी स्ववियु चुनावमा नेविसंघको पक्षमा माहौल बनाउनुपर्नेमा जोड दिए।
बैठकमा नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीको प्रमुख आतिथ्यतामा विद्यार्थी नेता राजु यादव, राहुल दास, रुपेश साह, इम्तियाज हुसैन लगायतको उपस्थिति थियो।