पर्सा प्रहरीले एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेंलले नेपालीहरुको महान चाडपर्व दशैमा कुनै प्रकारको अप्रिय घटना नहोस उदेश्यको साथ बीरगंजको होटलहरुमा चेकजाँच गर्ने क्रममा बीरगंज महानगरपालिका वडा नम्बर १६ बसपार्क स्थित रहेको आर्यन होटल एण्ड लजको कोठा नम्बर २०२ मा बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले भन्नु भयो, बंगलादेश सिलेट होबीगंज होल्डिगं नम्बर ७७७ बस्ने २९ वर्षीय महमद सहादत हुसेनलाई पक्राउ गरी थप अनुसन्धानको लागी अध्यागमन कार्यालय बीरगंजमा पठाइएको बताउनु भएको छ । सहादत हुसेन संग पासपोर्ट र भिसा लगायत कागजपत्रहरु नरहेको हुदां उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक भारतीले जानकारी दिनुभयो । सहादत हुसेन पासपोर्ट र भिसा बिना नेपाल कसरी प्रवेश गरे त ? गम्भिर बिषय भएको राजनितिक बिज्ञले बताउंछन् । उनको नेपाल प्रवेश हल्का रुपमा हेर्ने नमिल्ने भन्दै बंगालदेशी नागरिक स्थलमार्ग भएर बीरगंज के कारणले आएको प्रहरीले अनुसन्धान गर्नुेपर्ने हो ।