बारा जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छली गरी ल्याएको ३१ लाख रुपैया बराबरको तस्करी सामान नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको बाराका प्रहरी उपरिक्षक महेन्द्र सिंह खड्काले जानकारी दिनुभएको छ । बिशेष सुचनाको आधारमा अबैध तरिकाले भन्सार छली गरी ना ७ ज ५९२७ नम्बरको डिब्बे ट्रक बीरगंजबाट काठमांडौ जांदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको सामानहरु लोड गरेको बरामद भएपछि थप कारवाहीको लागी पथलैया राजस्व अनुसन्धान कार्यालय पठाइएको प्रहरी उपरिक्षक खड्काले भन्नु भयो, डिब्बे ट्रकबाट बिलबिजक भन्दा बढीको तस्करीको सामानहरु फेला परेपछि उतm सामानको श्रोत खुलाउन नसकेको हुनाले २७ लाख, ५० हजार ५ सय ५९ रुपैया बराबरको मुल्याड्कन गरेर पठाइएको बताउनु भयो । यसैगरी ईलाका प्रहरी कार्यालय जीतपुर, जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा भरिया तस्करहरुले प्रहरीलाई हेर्न बितीकै तस्करीको सामान छाडेर फरार भएको बारा प्रहरीले जनाएको छ । प्रहरीले बिभिन्न स्थानहरुबाट ४ लाख रुपैया भन्दा बढीको तस्करीको सामाग्रीहरु बरामद गरेको हो ।