पर्सा प्रहरीले अबैध लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नम्बर ३ पमौल गम्हरिया बस्ने ३८ वषीय रफिक महमद रहेका छन् । उनको साथबाट प्रहरीले १५ केजी गाँजा बरामद गरिएको पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताउनु भयो । बिशेष सुचनाको आधारमा महमदले लागु औषध गाँजाको कारोबार गर्दे आईरहेको जानकारी प्राप्त भएपछि सोही सोही सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीया तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुतm खटिएको टोलीले घरमा छापामारी गर्दा प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा नेपालमा प्रतिबन्धित रहेको गाँजा बरामद भएको प्रहरी नायब उपरिक्षक भारतीले भने, गाँजा सहित पक्राउ परेका रफिक महमदलाई ईलाका प्रहरी कार्यालयमा थप अनुसन्धान भईरहेको बताउनु भयो ।