बीरगंजको अल्र्वाे नजिकै टयांक्रले मोटरसाईकलाई ठक्कर दिदां मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् । आइसीपी चौकमा दिउँसो ३ बजेर ४० मिनेटमा ना ६ ख ७५०३ नम्बरको टयांक्रले ना २९ प ६९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदां बीरगंज महानगरपालिका वडा १७ अल्र्वाै निवासी २२ वर्षीय टिनु कुमार साह तुराहा घाईते भएको पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिनुभयो । घाईते तुराहाको बीरगंजको एल एस न्युरो अस्पतालमा उपचार भईरहेको छ भने टयांकर चालकले जानेर ठक्कर दिएको भन्दै अल्र्वाैका स्थानिय वासिन्दाहरुले टायर बालेर प्रर्दशन गर्दा प्रहरी र स्थानिय वासिन्दाहरुबीच केही बेर झडप समेत भएको थियो । झडपलाई नियन्त्रणमा लिनका लागी प्रहरीले लाठीचार्ज गर्दा स्थानिय मोही साह घाईते भएका छन् । प्रहरीले ठक्कर दिने ट्यांक्र चालकलाई नियन्त्रणमा लिइएको छ ।