बीरगंजका वरिष्ठ पत्रकार सुर्दशनराज पाण्डेको उपचारको क्रममा निधन भएको छ । भदौ १३ गते बीरगंजको घण्टाघरमा पैदल हिडीरहेका पाण्डे अचानक बेहोस भएर लड्नु भएको थियो । बेहोस भएर लडेका पांण्डेलाई बीरगंजको नारायणी अस्पतालमा चिकित्सकले मस्तिष्कघात भएको बताएपछि थप उपचारको लागी महाराजगञ्ज त्रिबि शिक्षण अस्पतालमा रिर्फर गरेको थियो । उपचारको क्रममा बिहीवार पांण्डेको निधन भएको हो । स्वर्गिय पांण्डे निधन भएपछि पर्सेली पत्रकार जगतमा ठुलो धक्का लागेको नेपाल पत्रकार महासंघ पर्साका पुर्व सभापति अशोक तिवारीले बताउनु भयो ।