नेपालीहरुको महान चाडपर्व दशै नजिक आउँदा बीरगंजमा चोरहरुको बिगबिगी बढ्न थालेको छ । चोरहरुको गिरोहहरु अहिले बीरगंज नगर क्षेत्रमा आंतक नै मच्चाएका छन् । दिउँसो नै चोरहरुले घरमा चोरी गरेको भिडीयो समेत सार्वजनिक भएको हो । घरको झयाल फोडी हातमा खुकुरी लिएर चोरी गरेको घटना अहिले बीरगंजमा भईरहेको छ । कालो नकाब लगाएर हातमा खुकुरी लिएर कालो पोशाक लगाएका चोरले सहज तरिकाले चोरी घटनामा तिब्रता दिइएको बीरगंजवासीहरुले भने गरेका छन् । बीरगंजका लक्ष्मणवा चोक नजिकै रहेको एक घरमा झयाल फोडेर रातीको बखतमा घरमा प्रवेश गरेको सिसी क्यामारामा स्पष्ट देखिएको छ । हातममा नांडो खुकुरी लिएर पसेका चोरले मुल चुकुल लगाएर चोरी गरेका छन् । यस्तै अहिले बीरगंजमा मोबाईल चोर गिरोहहरु सक्रिय रहेका छन् । दिउँसो नै घरबाट मोबाईल चोरी गरेर लग्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा पनि चोरी घटनाहरुमा तिब्रता बढेको उजुरीले स्पष्ट देखाउँछ । यता पर्सा प्रहरीले चोरहरुलाई पक्राउ गरेपनि चोरीको घटनामा केही कम भएको छैन् । चोरहरुको आंतकले गर्दा बीरगंजासीहरु त्रसित भएका छन् ।