बिहीवार देखी तनावपुर्ण रहेको बीरगंज महानगरपालिकाको अलौ स्थानिय प्रशासन र नगर प्रमुख सिंहको संयुतm प्रयासले स्थानिय वासिन्दाहरु आंदोलन फिर्ता लिएका छन् । बीरगंज महानगरपािलका वडा नम्बर १७ अर्लाै आइसिपी एरियमा बिहीवार दिउसो ३ बजेर ४० मिनेटमा ना ६ ख नम्बरको ट्रयाक्करले ना २९ प ६९५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदां मोटरसाईकल चालक अर्लाे निवासी टिनु कुमार तुराहा सख्त घाईते भएका थिए । घाईते तुराहाको उपचार बीरगंज एलएस न्युरो अस्पतालमा उपचार नभएपछि थप उपचारको लागी बीरगंजको बयोधा अस्पतालमा रिर्फर गरेको थियो । उपचारको क्रममा टिनुको ज्यान गएपछि स्थानिय वासिन्दाहरु अर्लाे एरियामा बिरोध तथा टायर बालेर प्रर्दशन गरेका थिए । प्रर्दशन गर्ने क्रममा बिहीवार स्थानिय वासिन्दा र प्रहरीबीच झडप भएको थियो । प्रहरीले झपडमा लाठी चार्ज गरेपछि केही स्थानिय घाईते भएका हुन् ा स्थानिय वासिन्दाहरु अर्लाेमा शुक्रवार बिहान देखी टायर बालेर बिरोध प्रर्दशन गरेपछि स्थिती तनावपुर्ण भएको स्थानिय हरि कुर्मीले भने, बिहान देखी सयौ भन्दा बढी आईसीपीमा मालवाहक ट्रक थन्केर बसेपछि आर्यात तथा निर्यातमा समस्या भएको हो । बिहान देखी सो क्षेत्रमा प्रहरी ब्यापक प्रहरी परिचालन गरिएको थियो । बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंह , जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल , पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेंल, सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिताल तथा मृत्क टिनुका परिवारजनहरु बीच लामो छलफलपछि तीन बुँदे सहमती भएको हो । सहमतीमा मृत्क टिनु तुराहाका परिवारलाई क्षतीपुर्ति ९ लाख , ५० हजार रुपैया उपलब्ध गराउने , अस्पतालको खर्च ब्योहर्ने तथा दुर्घटनाग्रस्त मोटरसाईकललाई मर्मत लाग्ने अर्च ब्योहर्ने सहमती भएको हो । सहमती पछि मृत्क टिनुको शव नारायणी अस्पतामा पोष्टमार्डमपश्चात अन्तयेष्टीको लागी परिवारले बुझेका छन् । ठक्कर दिने टयांक्कर चालक पर्सा प्रहरीको नियन्त्रणमा रहेको छ ।