गत हप्ता मालपोत कार्यालय पर्साका प्रमुख डम्मरु प्रसाद निरौलालाई केही ब्यतिmहरुले अभ्रद ब्यवहार गरेपछि मालपोत प्रमुख डम्मरु निरौलाले आफु माथी हातपात , गालीग्लौज तथा अभ्रद ब्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा लगायत बिभिन्न निकायमा उजुरी दिएका थिए ा सोही उजुरीको आधारमा नेपाल लेखापढी कानुन ब्यवसायी एसोर्सिसन पर्साका निवर्तमान अध्यक्ष रामाधार प्रसाद कलवारलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । मालपोत कार्यालय पर्साका प्रमुख डम्मरु निरौलाले नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसनका बर्तमान उपाध्यक्ष संदिप साह कानु , साधारण सदस्य ऐनुल हक मियाँ लगायत ब्यतिmहरुलाई कारवाहीको मांग गर्दे उजुरी दिएका थिए । पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले बीरगंजको भुमि सुधार तथा मालपोत कार्यालयको परिसरबाट रामाधार कलवारलाई पक्राउ गरेको पुष्टि गर्नुभयो । अभ्रद ब्यवहारको मुद्दामा परेका अन्य ब्यतिmहरुको खोजतलाश भईरहेको बताउनु भयो ।