बिलबिजक भन्दा बढीको मालबस्तु लोड गरेको दुईवटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी बारा प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी प्रमुख महेन्द्र सिंह खड्काले जानकारी दिनुभयो । बीरगंजबाट काठमांडौ तर्फ जाँदै गरेको ना ८ ख ७२४४ नम्बरको डिब्बे ट्रक तथा बीरगंजबाट हेटौडा तर्फ जाँदै गरेको ना ३ च ५९०८ नम्बरको पिकअप भ्यानलाई अमलेखगञ्ज प्रहरीले नियन्त्रणमा लिई चेकजांच गर्दा बिल बिजक भन्दा बढीको कम्प्युटर पार्टस , ईलोक्टा्रेनिक्स सामान, कस्मेटिक आईटम , ४ बोरा प्याज लगायत बिभिन्न खुदा्र सामानहरु नियन्त्रणमा लिइएको हो । प्रहरीले ७५ लाख, ८ हजार , ८ सय ३७ रुपैया बराबरको भन्सार छलीको तस्करीको सामान नियन्त्रणमा लिइएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा महागढीमाई नगरपालिका वडा नम्बर ८ अर्नाहा चोक नजिकै ना २६ प १४९३ नम्बरको मोटरसाईकलमा लोड गरी भन्सार छलेर ल्याउंदै गर्दा कलश ११५ पिस, किस्ती २६ पिस, बरामद गरिएको हो । प्रहरीले ८० लाख भन्दा बढीको तस्करीको सामान नियन्त्रणमा लिई कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।