अबिरल वर्षाको कारणले गर्दा देशभरीको जनजीवन नराम्रो सँग प्रभावित भएको छ । लगातार दुई दिन देखी परेको वर्षाले गर्दा देशको बिभिन्न जिल्लाहरुमा बाढी पहिरो गएको छ भने दुई दर्जन भन्दा बढीको बिपदका घटनाबाट ज्यान भएको छ भने , २५ जना बेपता र ३१ जना घाईते भएका छन् । अबिरल वर्षाले गर्दा अझै मानव झति भएको हुने सक्ने प्रहरीले अनुमान गरेको छ । वर्षाले गर्दा पर्सा जिल्लाको केही स्थानहरु डुबानमा परेको छ । लगातार दुई दिन देखी परेको वर्षाले गर्दा बीरगंजको राधेमाई, अर्लाै, तिलावे, लगायतका स्थानहरु डुबानमा परेको हो । वर्षाले गर्दा अवात जावतमा कठिनाई समेत भएको अर्लाै निवासी हरि राम यादवले भन्छन्, घरमा पानी पसेको अवस्था रहेको छ , घर भित्र पानी पसेर हिजो शुक्रवार राती देखी नै बिजोग भएको यादवले भने, जनप्रतिनिधीहरु उद्धारको लागी खटेपनि म जस्तो गरीब मानिसले हाल सम्म राहत नपाएको उनको गुनासो रहेको छ । यसैगरी बीरगंज राधेमाई टोलमा वर्षाको पानी र दैलोमा आएको स्थानिय सुन्दर चौधरीले भन्छन् , घरबाट बाहिर निस्कीन गाह्रो भएको छ । वर्षाको पानी घरमा पस्दा खाघान्न सामाग्रीहरु लाई झति पुयाएको चौधरीले भने, अहिले पनि हाम्राृे टोलका वासिन्दाहरु त्रसित भएर बसेका छौ , मोसम बिभागले शनिवार राती पुर्ण वर्षा हुने सक्ने चेतावनी दिएको छ । तिलावे पुल लगायत नदीहरुमा पानीको बहाव बढ्दै जाँदा तटीय क्षेत्रका स्थानहरुमा डुबान हुन सक्ने जनाएपछि तिलावे पुलको नजिकै बस्ती रहेका वासिन्दाहरु त्रासमा रहेका छन् । वर्षाले गर्दा पर्सा जिल्लाको बिभिन्न स्थानहरु जलमग्न भएका छन् । पर्साको ग्रामिण क्षेत्र देखी सदरमुकाम जोड्ने पुल तथा सडकहरुमा पानी सतह बढ््ेपछि सवारी साधान संचालनमा अवरुद्ध भएको स्थानियले बताएका छन् । पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ खेसरा बस्ने राउतको घर बाढीले बगाएको छ भने राउतका परिवारका सदस्यहरुलाई बाढीबाट उद्धार गरेर बचाएको स्थानियहरुले जनाएका छन् । पर्साको तिलावेबाट महादेव पटीमा पानीको सतह बढेपछि स्थानियहरुलाई आवत जावत गर्नेमा कठिनाई समेत भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बिपदको बेलामा राहत तथा उद्धार गर्नका लागी नेपाल प्रहरी र सशस्त्रलाई निर्देशन दिनु भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बर्षाले प्रभावित भएको क्षेत्रमा खटेर राहत तथा उद्धार गरिेहको बुझन आएको छ । यसैगरी ल गातार परेको अबिरल वर्षाका कारण बीरगंज नगर क्षेत्रको सिर्सीया, तिलावे नदीहरुमा पानीको बहाव बढ्दै जाँदा तटीय क्षेत्रका बस्तीमा रातको समयमा हान सक्ने डबाना र कटानबाट सचेत संभावित स्थानमा पगेर सतर्कता अपनाउन आग्रह गर्दे बीरगंज महाानगरपालिकाका , नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयतm टोली परिचालन भई शनिवार राती १० बजे बाढी क्षेत्रमा पगेर उद्धार तथा राहतको लागी खटिएका छन् ा बिपदको बेलामा सबै जनाा एक भएर काम गर्न हाम्रो दायित्व रहेको भदै बीरगंज महानगरपालिकाका नगर प्रमख राजेश मान सिंहले जनताहरु सँग अपिल गर्न भएको छ । रातीको बखतमा जनताको घरदैलोमा पुगेर सचेत बस्नको लागी महानगरपालिकाका कर्मचारी , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी माईकिंग गरीरहेको समेत गरेका छन् ।