लगातार परेको अबिरल वर्षाले गर्दा संघीय सरकारको शिक्षा बिज्ञान ताथा प्रविधि मन्त्रालयले तिन दिनको लागी देशभरीको बिधालय बन्द गर्नका लागी स्थानिय सरकार सँग आग्रह गरेको छ । कतिपय स्थानहरुमा बाढीको प्रभाव भएको हुनाले छात्र तथा छात्राहरुलाई बिधालय आवत जावत गर्नमा कठिनाई हुने सक्ने भन्दै कतिपय जिल्लाहरुमा जोखीम कायम रहेको हुनाले संघ सरकारले तिन दिनको लागी बिधालयहरु बन्द गर्नै निर्णय लिईएको छ । शिक्षा , बिज्ञान तथा प्रविधि मन्त्रलायको निर्र्दशन अनुसार बीरगंज महानगरपालिकाले वर्षाको कारण उत्पन्न हु सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै महानगरभित्र रहेको समपुर्ण बिधालयहरु आईतवार देखी मँगलवार सम्मको लागी पठन पाठन स्थगित गर्नै निर्णय गरेको छ ।