यही कार्तिकमा हुने छठ पुजा आयोजनाको लागी घडिअर्वाका स्थानियहरुको भेलाले १५ सदस्यीय कार्यसमिति चयन गठन गरेको छ । १५ कार्यसमितीले छठ पुजा ब्यवस्थापन समितीको अध्यक्षमा दिलीप साह कानुलाई पुन सर्वसम्मतले चयन गरिएको हो । समितीको उपाध्यक्षमा राकेश साह, सचिव लखनदलाल साह कानु, सहसचिव प्रभाकर गुप्ता, र कोषाध्यक्षमा कन्हैया कानु चयन भएका छन् ।
कार्यसमितिको वरिष्ठ सल्लाहकारमा राजेन्द्र साह कानु, प्रमानन्द साह कानु, प्रमोद साह कानु, रामनगीना साह कानु, बाल्मिकी साह कानु, मदन प्रसाद कलवार, प्रेम साह कानु, हिरालाल साह कानु, वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु लगायतका व्यक्तिहरू रहेका छन्।