बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा बस्ने १७ वर्षीय रमिता कुमारी दासले बीरगंज रानीघाट स्थित रहेको सिर्सिया नदीमा हाम फालेर बेपत्ता भएको पर्सा प्रहरीले अनुमान गरेको छ । १७ वर्षीय किशोरी दासले नदीमा हाम फाल्नु भन्दा अघी आफनो मोबाईल नदीमा फालेर हाम फालेको प्रत्यक्षदशीले भने, नदीमा पानीको बहाव बढेको हुनाले बेपत्ता भएको स्थानियहरुले बताएका छन् । हेर्दा हेर्दै ति किशोरीलाई एक मिनेटमा नै नदीले बगाएको स्थानिय राम रौनियारले भन्नु भयो, हामीले ति युवतीलाई बचाउँन पनि सक्नौ, सिर्सिया नादीमा युवतीले हाम फालेको प्रहरीलाई सुचना पाएपछि तुरुन्तै जिल्ला प्रहरी कार्यालय पर्सा र १३ नम्बर गणबाट सशस्त्र प्रहरीको टोली परिचालन गरेर खोजतलाश तिब्र पारे पनि हाल सम्म १७ वर्षीय रमिता दास भेटिएको छैन् । नदीमा पानीको बहान बढ्को हुनाले खोजतलाशमा अलि समस्या भएको उद्दारमा खटिएको एक प्रहरीले भने, हामीलाई जानकारी अनुसार नदीमा हाम फालेर बेपत्ता भएकी रमिता कुमारी दासको पहिचान उनको आमाले गरेपनि नदीमा हाम फाल्ने रमिता नै हुन भन्ने अहिले सम्म खुलेको छैन् । रमिता दासको आमा बताउने ती महिलाले वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरीलाई बताए अनुसार छोरीले यही चप्पल लगाएकी थिईन् चप्पल हेरेर मैलै पहिचान गरेको बताएपनि आफनो छोरी नहोला भनेर बयान दिदाँ प्रहरीलाई अनुसन्धान गर्नेमा कठिनाई भएको अनुसन्धानमा खटिएको प्रहरीले भने, महिलाको बयान छिन छिनमा परिवर्तन हुदाँ अनुसन्धानमा समस्या उत्पन्न भएको जानकारी दिनुभयो । सिर्सिया नदीमा हाम फाल्ने १७ वर्षीय किशोरी प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा बस्ने रमिता कुमारी दास नै रहेको अहिले भन्न नमिल्ने ती प्रहरीको भनाई रहेको छ । हामी अनुसन्धान गरीरहेका छौ , पहिला नदीमा बेपत्ता भएकी किशोरी खोजतलाश गरौ, बेपत्ता भएकी किशोरी भेटिएको अवस्थामा मात्र ती महिलाको छोरी हो कि होईन् निष्कर्षमा पुग्ने प्रहरीको भनाई रहेको हो । उतm समाचार राती १० बजे सम्मको अपटेड रहेको हुनाले पर्सा प्रहरीले अहिले पनि अनुसन्धान गरीरहेको छ । लगातार दुई दिन परेको अबिरल वर्षाको कारण बीरगंजको रानीघाट सिर्सिया, राधेमाई, तिलावे लगायतका स्थानहरु डुबानामा परेको हो । यसैगरी अबिरल वर्षाको कारण पर्साबाट ४२० जनालई उद्दार गरिएको पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीले भन्नु भयो ।