पर्सा प्रहरीले बिभिन्न स्थानहरुबाट भन्सार छली गरी ल्याएको तस्करीको सामाग्री नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा बीरगंज नगर क्षेत्रबाट भरिया तस्करहरुले भन्सार छली चोरी पैठारी ल्याउंदै गर्दा प्रहरीलाई हेर्न बितीकै सामान छाडेर फरार भएका हुन् । प्रहरीले बिभिन्न किसीमको लताकपडा, तथा खाद्दान्न मालबस्तु बरामद गरेको हो । १२ लाख तीन हजार रुपैया बराबरको तस्करीको सामाग्री नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताउनु भएको छ । यसैगरी सशस्त्र प्रहरी बल , सिमा सुरक्षा गुल्म बीरगंज भन्सारबाट खटिएको टोलीले ईनर्वा लगायत बिभिन्न नाकाबाट भन्सार छली गरेर तस्करी सामान भित्राउने क्रममा ११ लाख २३ हजार ८ सय १८ रुपैया बराबरको सामान नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा देबेन्द्र सिंहले वबताउनु भएको छ । प्रहरीले रु ७१,८१५ बराबरको किराना सामान, दुइ लाख बराबरको मोटरपार्ट्स, ४२ हजार ६५० बराबरको कस्मेटिक सामान, ८ लाख ९ हजार २३५३ बराबरको ज्क्ष्ख् तथा अन्य सामान्य औषधि बरामद गरिएको हो ।