राष्ट्रिय मुतिm का्रन्ति नेपालका केन्द्रिय सदस्य निजामुद्दीन समानलीले पर्सा पोखरीया अस्पतालको स्तोरन्नती तथा सरकारी कार्यालयको सेवाबिस्तारको मााग गर्दै धर्ना दिइएको छ । पार्टीका नेता निजामुद्दीन समानीको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताहरुले पोखरीया अस्पतालको परिसर नजिकै अनिश्चितकालीन धर्ना दिएका हुन् । प्रदेश सरकारले पाँच वर्ष अधि नै निर्णय गरेको सेवासुबिधा प्रादेशिक अस्पताल भन्दै घोषणा गरिसकेको भएपनि पोखरीया अस्पालमा सो अनुसार भौतिक तथा सेवा उपलब्ध नभएपछि त्यसको माँग गर्दे अनिश्चितकाल धर्नामा बसेको केन्द्रिय सदस्य समानली बताउनु भएको छ । यसको साथ पोखरीयामा भुमिसुधार , मालपोत , नापी लगायत सरकारी कार्यलयको बिस्तार गर्नुपर्ने माँगहरु रहेको जानकारी दिनुभयो । पोखरीया अस्पतालका कर्मचारी, जनप्रतिनिधी तथा नगरपालिकाको प्रशासकिय अधिृकतले अनिमियता गरेको रोक्नु पर्न आफुहरुको माँग रहेको नेता समानीले बताउनु भयो । पोखरीया नगरपालिकाको बिकाश होस भन्दै रहर नभएर बाध्य भएर धर्नामा बसेको राष््िरय मुतिm का्रन्ति नेपालका केन्द्रिय सदस्य निजामुद्दीन समानीको भनाई रहेको छ । धर्ना कार्यक्रममा केन्द्रिय सदस्य गगनदेव कुर्मी, जहीर अलाम लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको छ ।