बिलबिजक भन्दा बढीको सामान लोड गरेको आंशकामा पर्सा प्रहरीले दुईवटा मालवाहक नियन्त्रणमा लिई थप कारवाहीको लागी पथलैया राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले बताउनु भएको छ । भन्सार छली अबैध तरिकाले तस्करीको सामाग्री लोड गरेर बीरगंजबाट चितवन तर्फ जाँदै गरेको हामीलाई सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानागरपालिका वडा नम्बर १६ नगवा स्थित ना ५ ख ५५४२ र बाप्र ०३, ००१, ख, १६५५ नम्बरको दुईवटा ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको औषधी तथा खाद्दान्न लगायत मालबस्तु र बरामद भएको प्रहरी नायब उपरिक्षक भारतीले भन्नु भयो, ट्रकमा लोड गरिएको औषधी र खाद्दान्न सामाग्रीहरुको बिल शंकास्पद देखिएको हुनाले उतm ट्रकलाई थप कारवाहीको लागी पथलैया राजस्व अनुसन्धान पठाइएको प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिनुभयो । प्रहरीले नियन्त्रणमा लिइएको तस्करी सामान सहित मालवाहक ट्रकको मुल्याड्न एक करोड ६७ लाख, १९ र चार हजार रुपैया गरेको हो ।