पुर्व युवराज्ञी हिमानी शाहको ४९ औ जन्मोत्सव बिभिन्न राजावादीहरु बिभिन्न कार्यक्रम गरी बीरगंजमा मनाएका छन् । हिमानी राज्य लक्ष्मी देबी शाहको जन्मदिनको अवसर पारेर देश भक्तm राज्य भक्तmले बीरगंजको महाबिर मन्दिर परिसरमा एक कार्यंक्रमको आयोजना गरी मनाएका छन् । हिमानी शाहको तस्बिरमा माल्यापर्ण गर्दे राजावादीहरुले अहिले परिस्थितीमा देश र जनतालाई राजतन्त्रको खाँचो रहेको बताएका छन् । गणतन्त्र आएदेखी देशमा नेपाली जनताहरुमा निराश छाएको बताउँदै देश र जनताको हितको लागी राजतन्त्र फर्किनुपर्ने देश धक्तm राज्य भक्तmका अध्यक्ष दिपेन्द्र रौनियारले भने, कार्यक्रममा संस्थाका उपाध्यक्ष सतिश कुमार श्रीवास्तव, समाजसेवी पशुपति विक्रम शाह, महेन्द्र प्रसाद साह, बिरेन्द्र थापा, पृथ्वी झा, कमल प्रसाद घिमिरे, अणु राणा, ध्रुबसिंह ठकुरी लगायतको उपस्थिती रहेको थियो ।