वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न हुने लागेको आत्माबल उच्च बनाउन आत्मारक्षा तालिम प्रशिक्षण कार्यक्रममा १० हजार बढि छोरी तथा छात्राहरु सहभागी हुने भएका छन् । आत्मारक्षा तालिम प्रशिक्षण कार्यक्रम आगामि मंसिर २८ गते वीरगंजको आदर्शनगर रंगशालामा सञ्चालन हुने कार्यक्रम रहेको वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो । वीरगंज महानगरपालिकाद्धारा १० हजार भन्दाबढि किशोरीहरुलाई आत्मारक्षाका लागि दिन लागिएको तालिम भव्यरुपमा सम्पन्न गर्न बिभिन्न १८ वटा उपसमिति गठन गरिएको छ । उतm तालिम भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता राजनेश शेट्टिले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । नेपालमा पहिलो पटक १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिन लागेको हो । धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरले वल्ड रेकर्ड सहित गिनीज बुकमा नाम लेखाउने तयारी गरिएको बुझनमा आएको छ । यसैगरी बीरगंजको सामुदायीक बिधालयमा अध्धयरनत रहेका छात्राहरुले नेपालमा पहिलो पटक यत्रोको संख्यामा छात्राहरुलाई आत्मारक्षाको लागी भारतका ख्यातिप्राप्त मार्शलआर्ट प्रशिक्षक डाक्टर चिता राजनेश शेटिबाट प्रशिक्षण पाउनु हामीलाई गौरबमय बिषय भएको बताएका छन् । बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले उतm गरेको निर्णय स्वाग्तयोग्य रहेको दाबी गरेका छन् ा भारतीय ख्यातीप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता राजनेश शेटिले भारतीय कलाकार गोबिन्दा , अनिल कपुर , रितीक रोशन , सुनील शेटी तथा हलीबुडका लगायत कलाकारहरुलाई प्रशिक्षण समेत दिएका ब्यतिm हुन् ।
कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न आज महानगरमा सम्पन्न बैठकले सुरक्षा व्यबस्थापन समिति, खानेपानी , स्वास्थ्य, सरसफाई, संघसंस्था परिचालन, कर्मचारी परिचालन, आर्थिक व्यबस्थापन, खाजा व्यबस्थापन, विद्युत, सञ्चार, मञ्च, बस,तालिम, अतिथि व्यबस्थापन, प्रचार प्रसार सहितका बिभिन्न १८ वटा उपसमिति गठन गरिएको छ ।
यो तालिम सफल रुपमा सम्पन्न भएमा वीरगंजको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने भएको हुँदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न नगरप्रमुख सिंहले आग्रह गर्नुभयो ।