पर्सा प्रहरीले बीरगंजको बिभिन्न स्थानहरुबाट भन्सार छली गरी ल्याएको ८७ लाख , ९० हजार , २ सय ४० चालीस रुपैयाको तस्करीको सामान नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले जानकारी दिनुभएको छ । बिशेष सुचनाको आधारमा बीरगंजबाट ना ६ ख ५५१ नम्बरको मालवाहक ट्रक कैलीलीतर्फ जाँदै गरेको अवस्थामा बीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघरबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको सामान बरामद भएपछि उतm ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक भारतीले भन्नु भयो, ट्रकमा लोड गरिएको खुदा्र तथा औषधीहरु सामाग्रीहरुको बिलबिजक शंकास्पद देखिएको हुनाले थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जानकारी दिनुभयो । प्रहरीले मालवाहक ट्रक र सामान सहित ८५ लाख , ७० हजार , २ सय ४० रुपैया मुल्याड्कन गरेको हो । यसैगरी भन्सार छली गरी अबैध तरिकाले बीरगंज भित्राएको लेडिज स्वीटर बरामद गरेको छ । पर्सा प्रहरीले नियमित गस्ती गर्ने क्रममा बीरगंज महानगरपालिका वडा नम्बर १० आर्दशनगर नजिकै प्रहरीलाई भरिया तस्करहरुले हेर्न बितिकै स्वीटर छाडेर फरार भएका हुन् । प्रहरीले २ लाख २० हजार रुपैयाको लेडिज स्वीटर बरामद गरी थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरिक्षक दिपक भारतीले भन्नु भयो ।