टा्रफिक प्रहरीले सवारी साधान चेकजाँच निहुमा सवारी चालकको साँचो जबरस्ती खोस्ने , निकाल्ने तथा दुख दिने गरेको भन्दै कानुनी बिधार्थी बिवेक चौधरीले नेपाल प्रहरी प्रधान कार्यालय समेतलाई बिपक्षी बनाई उच्च अदालत पाटनमा दायर गरेको रिटमा न्यायधिश टंक प्रसाद गुरुडको एकल इजलाशले सुनवाई गर्नुभएको छ । सुनवाई क्रममा उच्च अदालतका न्यायधिश टंक प्रसाद गुरुडले बिपक्षी नेपाल प्रहरी प्रधान कार्यालय र काठमांडौ उपत्याका टा्रफिक प्रहरी कार्यालय साग लिखित जवाफ माँग गर्दै अन्तरिम आदेशको सम्बन्धमा मंसिर ३ गते छलफलको लागी न्यायधिश टंक प्रसाद गुरुडले आदेश दिनुभएको अधिवतmा रामप्रवेश यादवले बताउनु भयो ।
सुनुवाइमा प्रहरीले सबारी चालकको गाडीको साचो खोस्न वा जबरजस्ती रुपमा निकाल्ने जस्तो कार्य गर्न मिल्छ भनेर उलेख गरेको अवस्था नभएको र प्रहरीले प्राप्त गरेको कानून बमोजिमको अधिकार भन्दा बढी अधिकार प्रयोग गरी आफ्नो अधिकार क्षेत्र नाघी हुदै नभएको अधिकार प्रयोग गर्ने गरेको कार्य गैर कानूनी रहेको भन्दै अधिवक्ता रामप्रवेश यादवले बहस गर्नु भएको थियो ।